अमृता भण्डारी , काठमान्डाँै ।

सामना म्युजिक क्रियसनको प्रस्तुतीमा गौत्तम शेर्पाको निकै मार्मिक लोकदोहोरी ‘ बादल’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका सन्ध्या बुढा काउली बुढी र गायक गौत्तम शेर्पाको आवाज रहेको छ ।

जिवनमा जस्ले बढी रुहाएको हुन्छ उसैको मायाले सताउने कुरालाई गीत मार्फत ब्यक्त गरिएको छ । गौत्तम शेर्पाको शब्द तथा जय देवकोटाको लय सिर्जना गीतमा रहेको छ । जिवनका अधुरा सपनाहरु पुरा गर्ने अभिलासाको साथ प्रेमीकाको साथमा भएको तर प्रेमीकाबाट नै घात हुदाँको पिडालाई गीतमा समेटिएको गायक शेर्पाले बताए ।

तिलक रिजाल र दिपक गिरीको छायाँकन तथा अविनास डिसीको सम्पादन तथा गौत्तम शेर्पाको निर्देशनमा भिडियो तयार पारिएको छ । गीतको भिडियोमा बुद्धविर थापा र उषा सुवेदीको लोभलाग्दो अभिनय रहेको छ ।
‘ बादल’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया