काठमान्डाँै , जेष्ठ १७

बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुतीमा निमार्ण भैरहेको चलचित्र काँचुलीको छायाँकन काठमान्डाँै का विभिन्न ठाउँमा छायाँकन तिव्र गतिमा भैरहेको निमार्ण पक्षले बताएको छ ।

शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको नेपाली कथानक चलचित्र काँचुली मा बास्तविक जिवनमा मानिसले देखाउने विभिन्न गतिविधीलाई चलचित्रमा उतारिएको छ । जसरी सर्पले आफनो अवस्था अनुसार काँचुली फेर्छ त्यसरी नै मानिसले पनी आफनो समयानुकुल ब्यावहार परिवर्तन गर्छ भन्ने कुरालाई चलचित्रमा देखाउने प्रयास गरिएको छ ।

चलचित्रमा शुभेच्छा थापा ,राजन महर्जन ,रिजन बिसुन्खे,राजन श्रेष्ठ ,अस्मि थापा,अन्जना ज्योती,आर जे भिलेन,गोबिन्द लामा,मिलन तामाङ ,रुपक भण्डारी ,बिपिन केसि,शुभास गजुरेल रश्मि भट्ट ,रामशरण खत्री को अभिनय रहेको छ ।

छायांकन सुशील डागी, सम्पादन बिश्वास भण्डारी ,नृत्य राजन महर्जन ,द्वन्द्व देव महर्जन , स्वर नित्या शिवा , बाबुल गिरी , शम्भु रैकाको रहेको छ । संगीत बाबुल गीरी,राजेन्द्र बजगाइ,शंकर अधिकारी घायल को रहेको छ भने मङ्सिरमा रिलिज गर्ने लक्ष्यको साथ छायाँकन गरिएको छ । चलचित्र मा मुख्य सहायक निर्देशन अशोक थापा र मिडिया कोर्डिनेटर रोशन पोखरेल को रहेका छन ।

तपाईको प्रतिक्रिया