राजु बोहरा–काठमाडौँ । आफनै घर परिवार र छरछिमेकी संगै रहेर आफ्ना दैनिकी बिताउने रहर कस्लाई हुँदैन होला र तर त्यो गरिबीले निसासिएको मनलाई केहि हल्का बनाउनका लागि पनि अन्यकौं सपना बुन्दै नेपालीहरु विदेशिने गर्दछन् । त्यसरी परदेशिए पछी आफ्नी अर्धांगिनीले नजाउ भन्दै बाटो छेकेको प्रसङ्गमा एक निकै मन छुने गीत भर्खरै बिन्ध्यबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको छ । उक्त गीत नबराज दाहालको नाममा “आँशु झारी झारी” बोलको रहेको छ ।

प्रस्तुत गीतमा देवी घर्ति र नबराज दाहालको सुमधुर स्वर रहेको छ । परदेश त केवल निसासिएको मनलाई हल्का बनाउने होइन, बरु आनन्दित जिबनलाई थप बोज थप्ने ठाउँ पो रहेछ, यहाँ कसैले कसैलाई चिन्दैन भन्ने किसिमको भाव समाबेस गरिएको यस गीतलाई लय तथा शब्द सिर्जना पनि नबराज दाहालको नै रहेको छ ।

निकै मर्मस्पर्सी भाव लहरीमा सजिएको यस गीतको म्युजिक भिडियोमा सबिन गौतम र प्राश्ना दाहालको अभिनय देख्न सकिन्छ । मोडल सबिनले यस अगी पनि थुप्रै गीतहरुको म्युजिक भिडियोमा आफ्नो अभिनय प्रस्तुत गरेर अशंख्य दर्शकहरुको मन जितिसकेका छन् । गीतको म्युजिक भिडियोलाई निर्देशन मोडल स्वयम् सबिन गौतमले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन बिनोद बमले गरेका छन् । हामी यस गीत संग सम्बन्धित कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं  ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया