काठमान्डाँै ।
ब्लोसम म्युजिक प्रालीको प्रस्तुतीमा गायक शैलेन्द्र भण्डारी र गायिका सिता प्रजापतीको आवाजमा मौलिक लोक लयमा आधारित ”घर त मेरो दैलेख जिल्ला हो“ गीतको भिडियो सार्वजनिक भएको हो ।

गाउँ घरको यादले सताएको र आफनी मायालुको यादले मनमा निकै पिडा भएको कुरालाई गीतमा समेटिएको छ । शैलेन्द्र भण्डारीको शब्द सिर्जना एवम कविता परियारको लय सिर्जनामा गीत तयार गरिएको छ ।

सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन तथा उदय राज पौडेलको निर्देशनमा भिडियो तयार गरिएको छ । गीतमा मोनिता र तिलक प्रसाद भटटको अभिनय रहेको छ ।

”घर त मेरो दैलेख जिल्ला हो“ गीतको पुरा भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया