शिव भट्टराई,इटहरी । नेपालको नम्बर एक ट्रयाक्टर सोनालिका ब्राण्डको गोरखा सिरिजको विहीबार इटहरीमा एक कार्यक्रमवीच लन्च गरिएको छ ।
सो कार्यक्रममा न्यू पि आर सप्लायर्स विराटनगरका प्रवन्धक निर्देशक कविन श्रेष्ठले सोनालिका गोरखा सिरिजको लञ्च गरेका हुन् । गोरखा सिरिजमा हेभी डियूटी माइलेज इन्जिन जडान गरिएको इन्टरनेशनल ट्रयाक्टर लिमिटेड टेरटरी म्यानेजर पप्पु शर्माले जानकारी दिए । उनकाअनुसार यसमा हाइ स्पिड, हाइ टेक्नोलोजी गेयर बक्ससमेत जडान गरिएको छ ।
साथै यो सिरिज हाइड्रोलिक्स एक्सो र सेलेक्टिभ ड्राफ्ट, फुल कम्फरटेबल एण्ड इश्पेसीयस स्टाइलिष्ट हो । सो सिरिजको ग्यारेन्टी ५ बर्ष रहेको न्यू पिआर सप्लायर्स कोसी अञ्चल अधिकृत विक्रेता सेल्स् म्यानेजर चुडामणि श्रेष्ठले बताए ।यो ट्रयाक्टर हिमाल, पहाड, तराईमा धेरै रुचाइएको लञ्च कार्यक्रममा चर्चा गरियो । यो सिरिजको अर्को विशेषता–तेल खपत कम हुने पावर भने बढी हो ।
लञ्च कार्यक्रमका अवसरमा सहभागिहरुलाई आपको विरुवासमेत वितरण गरिएको थियो । सो अवसरमा करिब २ सय थान आँपका विरुवा प्रदान गरिएको आयोजकले जनाएको छ

तपाईको प्रतिक्रिया