लिक्इड लाउन्च मा झुमिदै भेटिए पुर्व युवराज पारस
काठमान्डाँै , जेष्ठ २३ ।
जब सूर्य मुर्झाउँदै जान्छ, स्टाइलिस्ट सहर काठमान्डाँैको दवार मार्ग स्थित उड ल्याण्ड कम्पेलेक्सको पहिलो तल्लामा रहेको लिक्इड लाउन्च बारमा देशका ख्याति प्राप्त कलाकार एवम उच्च ओहदाको चहलपहल शुरु हुन्छ । जति रात छिप्पिदै जान्छ, म्युजिक र मदिराको कक्टेलले रोमान्टिक वातावरण बढ्दै जान्छ ।

फराकिलो सोच र स्वतन्त्र विचारका युवापुस्ता विन्दास हुन्छन यहाँ । दिनभरीको थकान मेटानको लागी साथीभाईहरुमा जमघटको मनोरञ्जनका लागी पछिल्लो समय लिक्इड लाउन्च बारमा नपुग्ने सायदै कमै होलान काठमान्डौँमा ।

हरेक साँझ लाउन्ज र रकबारमा मस्त देखिन्छन् पछिल्लो पुस्ताका युवा एवम युवतीहरु । पारिबारिक बातावरण र सस्तोमा उच्च स्तरको सेवाको लागी आम मानिसको रोजाइ बन्न पुगेको छ । शान्त वातावरणमा चुस्स मदिराको स्वादमा रमिरहन्छन् उनीहरु । त्यसमा पनि चिसोको मौसमका साथै हरेक मौसममा आम स्वादका पारखीको लागी उत्कृष्ट गन्तव्य हो भन्दा फरक नपर्ला ।

लिक्इड लाउन्च मा केवल कलाकारलाई मात्र रम्ने मौका दिएको छैन । हरेक स्वादका पारखीलाई पनी आनन्दित बनाएको छ । लिक्इड लाउन्च बारमा पुर्व युवराजधिराज पारस शाह पुग्दा एका एक विहिबार साझँ त्यहाँको माहोल परिवर्तन भयो ।

त्यहाँ उपस्थित कलाकार मात्र हैन विदेशी पर्यटकसमेतको मुहारमा हाँसो थियो । भव्य चहलपहलमा रम्न÷रमाउन चाहने युवराज पारसलाई बोलाएकी थिइन अहिलेकी बहु चर्चित मोडल एवम युटुवर सोनिका रोकायाले ।

रात्रिकालीन मनोरञ्जनमा रमाउन चाहनेका लागि भनेर केही समय अगाडी देखी दरवार मार्गमा आएको लिक्इड लाउन्च बारले गरेको निमन्त्रणलाई स्वीकार गदैँ आएका पारसले त्यहाँ उपस्थित सम्पुर्णसगँ आपसी रुपमा मनोरञ्जनका साथमा आत्मियता पुयाउने गीत साथै नृत्य समेत देखाएका थिए । ।

लिक्इड लाउन्च ले रात्रिकाली मनोरञ्जन खोजीका लागी सांगितीक बारावरण्मा रमाउनेको इच्छा पूरा गर्दै आएको छ साथमा आन्तरिक एवम बाह्य पाहुनालाई नेपालीको पहिचान स्वादिष्ट परिकारलाई समेत विश्व तर्फ ध्यान केन्द्रित गर्न सफल भएको छ । साँझ छिप्पिदै जाँदा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती एवम आधुनिक सभ्यतामा रहने युवालाई अझ तत्तादै जान्छ त्यहाँको माहोल ।

दरवार मार्गको लिक्इड एण्ड लाउन्च बारमा खानासँगै लाइभ म्युजिक हुन्छ । सोही ठाउँमा संगीत र डान्सको कक्कटेल मिसाउन सकिन्छ । यहाँ डिजेइङसँगै लाइभ म्युजिकसमेत जमेको हुन्छ । हल्का मदिराको मातमा पार्टनरसँग लपक्क टाँसिएर कम्मर मर्काउन चाहनेका लागि लिक्इड लाउन्च बार राम्रो छनोट हुने गरेको छ ।

लिक्इड लाउन्च बारमा नाइट पार्टीका लागि विशेषगरी युवापुस्ता बढी सक्रिय छन् । काठमान्डाँै घुम्न आउनेहरु त आउने नै भए, अहिले स्थानीयसमेत परिवारसँगै लिक्इड लाउन्च बारमा रम्न थालेका छन् । रात्रिकालीन समयमा म्युजिकल इभेन्टका लागी लिक्इड लाउन्च बार मा युवाहरुको आकर्षण बढी देखिन्छ ।

तपाईको प्रतिक्रिया