शिव भट्टराई,मोरंग

मोरङ्गको सुन्दरहरैँचा वडा नम्बर ४ मा तीनजना खेलाडीलाई सम्मान गरेको छ। खेलाडीलाई
वार्ड नं.४ द्वारा सम्मान गरिएको थियो। वार्डले राष्ट्रिय र अन्तराष्ट्रिय कराँते खेलाडीलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेको हो। वार्डले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्य पदक जित्ने सुन्दरहरैँचा ४का रोजन खड्का, जुलाई ७ मा मलेशियामा हुने कराँते च्याम्पियनशिपमा भाग लिन जाने रोमन खड्का र आशिष वनलाई सम्मान गरेको हो।

सुन्दरहरैचा वार्ड नं ४ द्वारा युवा तथा खेलकुद बिकास कार्यक्रम उपभोक्ता समितिलाई बिभिन्न खेलकूद सामाग्री प्रदान गरिएको सम्मान कार्यक्रममा देश तथा आफ्नो ठाउँको नाम चम्काएको भन्दै वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले धन्यवाद दिनुभएको थियो। सम्मानित हुनेहरुले पनि वडा कार्यालयले आँफुहरुले गरेको कामको मुल्यांकन गरेको भन्दै खुसी ब्यक्त गरेका थिए।

युवा तथा खेलकुद बिकास कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष रुपेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाई गुणनिधी दाहालले सञ्चालन गर्नुभएको थियो भने वार्ड सदस्य दुर्गा चौधरी, स्थानीय अगुवा रबिन्द्रकृष्ण श्रेष्ठ, बालकृष्ण दाहाल लगायतले बोलेका थिए।

तपाईको प्रतिक्रिया