कम्प्यूटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वरिका कलेजले काठमाडौंमा ३ दिने आइओटी प्रदर्शनी गर्ने भएको छ।
मंगलबारबाट विहीबारसम्म डिल्लीबजारमा चल्ने प्रदर्शनीमा सफ्ट्वेरिका कलेजमा कम्प्यूटिङ विषयमा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत १सय ९४ विद्यार्थीका करिव ८० वटा स्मार्ट सोलुसनको व्यवहारिक प्रदर्शनी गरिनेछ।
आयोजकका अनुसार प्रदर्शनीका लागि स्मार्ट स्कुल,कलेज, स्मार्ट पाकिङ्, स्मार्ट होटल,रिसोर्ट, स्मार्ट फोहोर व्यवस्थापन, स्मार्ट मापसे जाँच, स्मार्ट सुरक्षा गार्ड, स्मार्ट सवारी साधन सहित स्मार्ट सिटीको नमुना तयार गरिएको छ ।
प्रदर्शनी अवधिमा तीनै दिन आइटीमा भविष्य बनाउन चाहने विद्यार्थीका लागि विषेश कार्यशाला समेत सञ्चालन गरिनेछ।
बेलायतको आइटी सम्बन्धि प्रसिद्ध कभेन्ट्री युनिभर्सिटिका एकेडेमिक पाटर्नरसिप म्यानेजर एबी लिटलरले कार्यशालाको संयोजन गर्ने आयोजकको भनाइ छ।
विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिइ दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधरणलाई कम्प्यूटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए। निशुल्क प्रवेश रहेको प्रदर्शनी राज्यका नीति निर्माता, विद्यार्थी, अभिभावक र आइटी क्षेत्रका जिज्ञाशुका लागिउपयोगी हुने श्रेष्ठको भनाइ छ ।
प्रविधिको सदुयोग गर्न सके कसरी हाम्रो जीवनयापन सहज हुन्छ भन्ने प्रदर्शनीले स्पष्ट पार्ने प्रदर्शनीका संयोजक एवम् सफ्ट्वरीका कलेजका सिनियर लेक्चर मनोज श्रेष्ठ बताउँछन्।
३ हजार जनाले अवलोकन गर्ने अपेक्षा राखिएको प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको कलेजका निर्देशक अमृत थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया