राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा पछिल्लो समय पृथक-पृथक धारका गीतहरु बजारमा आइरहेका छन् । यसै भिडमा दिपक नेपालीको एक डी.जे गीत भर्खरै बजारमा आएको छ । उक्त गीत “बिन्दास बाँच्ने हो” बोलको रहेको छ । अहिले नेपाली गीत संगीतको क्षेत्रमा ब्यवसाहिकता छैन, यो हुँदा हुँदै पनि कलाकारहरुले आफ्नो नामलाई सबै माझ परिचित गराउने क्रममा यस क्षेत्रमा लाखौँ खर्ची रहेका छन् ।

यसरी लाखौँ खर्च गरेपछि केहि मात्रामा भएपनि आर्थिक लाभ होस् भन्दै युट्युब लक्षित धेरै गीतहरु अहिले बजारमा आइरहेका छन् । यो गीत पनि युवा जमात प्रति लक्षित छ ।  दिपक नेपालीको प्रस्तुतिमा रहेको यस गीतलाई प्रतिभावान कलाकार भूमिराज थापाले एरेन्ज गरेका हुन् ।  उनि गायक तथा सर्जक पनि हुन् र पछिल्लो समय एरेन्जको बिदा तिर पनि लागेकाले उनको थप सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

प्रस्तुत गीतलाई शब्द संगीत बिपिन पौडेलले भरेका हुन् भने दिपक नेपाली र सम्झना लामिछाने मगरको यस गीतमा सुमधुर स्वर सुन्न सकिन्छ । गायक दिपक नेपाली पनि नेपाली गीत संगीतको क्षेत्रको लागि निकै आशा लाग्दा कलाकार हुन् । उनलाई पनि हामी सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं “बिन्दास बाँच्ने हो” बोलको यो डी.जे गीतको म्युजिक भिडियोमा बिक्रम चौहान टिका जैसीको आकर्षक अभिनय देख्न सकिन्छ ।  भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन लक्ष्मन चौहानले गरेका छन् । 

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया