काठमाडौं। बलिउड र टलिउडले मिलेर एक धमाकेदार फिल्म ‘साहो’ बनाएको छ । दर्शकलाई घोषणादेखि नै यस फिल्मको ट्रेलर र टीजरको व्यग्र प्रतिक्षा थियो । बिहीवार फिल्मको अफिसियल टीजर सार्वजनिक भएको छ । टीजरबाट फिल्म एक्सन र रोमान्सले भरिपूर्ण रहेको अनुमान लगाउन गाह्रो पर्दैन । टीजर जबरजस्त बनेको छ ।

‘बाहुबली’ पछि अभिनेता प्रभास एकपटक फेरि ‘साहो’ मा फरक भूमिकामा देखिँदैछन् । यो फिल्मबाट अभिनेत्री श्रद्धा कपूरले तेलुगू इन्डस्ट्रीमा डेब्यू गर्दैछिन् । फिल्मलाई सुजीतले निर्देशन गरेका हुन् । फिल्मको टीजर हिन्दीसँगै अन्य तीन भाषा पनि रिलिज गरिएको छ । टीजरमा श्रद्धा र प्रभासको जोडी रोमान्स गर्दै देखिएको छ ।

केही दिन अगाडि श्रद्धा कपूर र प्रभासको एक फोटो लिक भएको थियो । लिक भएको तश्वीरमा दुई रोमान्टिक सिन सुट गर्दै देखिएका थिए । यो फिल्म तेलुगुसँगै हिन्दी, तमिल र मलयालम भाषामा रिलिज हुनेछ । फिल्ममा प्रभाससँगै श्रद्धालाई पनि एक्सन गर्दै देखिनेछ । यो फिल्मको ९० प्रतिशत एक्सन पूरै रियल हो ।

प्रभास भन्छन्, ‘दर्शकलाई असली एक्सनको थ्रिल महशुस हुन सकोस् भनेर हामीले फिल्ममा सबैकुरा रियल गर्ने कोशिश गरेका छौँ ।’ फिल्ममा ज्याकी श्राफ, मन्दिरा बेदी र नील नीतिन मुकेशको पनि प्रमुख भूमिका छ । फिल्मको निर्माण यूवी क्रिएशनका वामसी, प्रमोद र विक्रमले गरेका हुन् । ‘साहो’ यस वर्षको १५ अगस्टमा रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया