‘दि भ्वाइसअफ नेपाल’ को पहिलो सिजनका प्रतिस्पर्धी दिपेश लामाको पहिलो गीत सार्वजनिक भएको छ।‘जुनकिरी’ बोलको गीतमार्फत नेपाली श्रोतामाझ दिपेश आएका हुन्। डिपी खनालको शब्द तथा देवेश राईको संगीत रहेको गीतको भिडियोमा लक्ष्मी गुरुङ र दिपेश लामा स्वयम्को अभिनय रहेको छ।

गौतम शेर्पाको निर्देशन रहेको भिडियोलाई दीपक गिरीले खिचेका छन्। दिपेशको अफिसियल युट्युब च्यानलमार्फत म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको हो।

दिपेश लामाले यस अगाडि ‘दि भ्वाइसअफ नेपाल’बाट चर्चा कमाएका थिए। उनले भ्वाइसमा नारायण गोपालको मुना मदन र चर्चित गीत ‘के भन्ने हाम्रो समय’ गाएका थिए। यस अलावा उनी ‘द ब्रदरहुड’ ब्यान्डसँग पनि आवद्ध छन्।

तपाईको प्रतिक्रिया