राजु बोहरा–काठमाडौँ । स्थायी घर नुवाकोट र अहिले काठमान्डौमा रहँदै बेला बखत बिभिन्न लोक तथा दोहोरी गीतहरुमा आफ्नो सिर्जना दिंदै आएका युवा सर्जक शम्भु नेपालको सृजनामा फेरी अर्को निकै मन छुने गीत बजारमा आएको छ । उक्त गीत “आँशुमा डुबायौ” बोलको रहेको छ । भेगीय हिसाबले कुनै गीत पश्चिम, कुनै पूर्व र काँठे छुट्टयाउन नहुने धारणा राख्ने शम्भुले यस अगी पी केहि गीतहरुमा आफ्नो लय तथा शब्द सृजनाहरु श्रोता तथा दर्शकहरुमाझ पस्किसकेका छन् । यस पटक बजारमा आएको गीत शम्भु नेपाल र गोमा कोइरालाको संयुक्त प्रस्तुतिमा बजारमा आएको हो ।

गोर्खा चौतारी म्युजिक प्रालि मार्फत बजारमा आएको यस गीतमा गोमा कोइराला र घमेश दुलालको सुमधुर स्वर सुन्न सकिन्छ । नेपाली लोक गीत त्यस माथि पनि काँठ क्षेत्रका गीतहरुमा आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेका घमेश दुलालको चर्चा जति गरेपनि कमि हुन सक्दछ तर यहाँ गायिका गोमा कोइरालालाई स्मरण गर्ने हो भने उनले पनि यस अगी केहि गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता दर्शकहरुको मन जित्न सफल भैसकेकी छिन् ।

प्रस्तुत गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेर अहिले डिजिटल बजारमा आएको छ । भिडियोमा प्रिती तामांग, प्रदिप मगर, मधु दाहाल, प्रन्शा दाहालको अभिनय देख्न सकिन्छ । “आँशुमा डुबायौ”  बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन नारायण मगर, छायांकन रबिन मगर र सम्पादन पनि निर्देशक स्वयम् नारायण मगरले नै गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया