राजु बोहरा–काठमाडौँ । बोल माया, गलबन्दी लगाएत थुप्रै गीतहरु बाट चर्चामा आएकी गायिका शान्ति श्री परियारको सुमधुर स्वर लहरीमा फेरी पनि अर्को निकै मन छुने गीत बजारमा आएको छ । बिसेष गरेर वियोगान्त गीतहरुमा सर्वाधिक रुचाइएकि गायिका शान्ति द्वारा स्वर बद्ध पछिल्लो गीत “मेरो हजुर” बोलको हो । यस गीतमा शान्तिको मात्र होइन यम क्षेत्री र बसन्त थापाको पनि सुमधुर स्वर सुन्न सकिन्छ । एक दर्दनाक घटनाको काल्पनिक कथामा सजिएको यस गीतलाई लय तथा शब्द दिलिप रेग्मीले भरेका हुन् ।

गीतको म्युजिक भिडियोलाई पनि निकै घत लाग्दो ढंगबाट तयार पारिएको छ भिडियोमा सर्जक स्वर दिलिप रेग्मी देखिएका छन् । साथै कन्चन पुन प्रेरणा बोहरा, सुफिया मल्ल, सुरेन्द्र हमाल, होम धिताल, शिब शर्मा र रोशन क्षेत्रीको पनि अभिनय देख्न सकिन्छ । दुवै मृगौला फेल भएर जिबनको अन्त्य भएको कथालाई छर्लंग पारिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन पनि दिलिप रेग्मीले नै गरेका छन् भने छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया