पछिल्लो समय लाहुरे नामक गित मार्फत चर्चा कमाएका छेवाङ लामाले यहि असार ६ गते देखि चितवनबाट म्युजिकल नेपाल टुर २०१९ को शूरुवात गर्ने भएका छन् ।

३ वर्ष अधि देखि कभर गित संगै आफनो गित गाएर ब्यवसायिकरुपमा सांगितीक क्षेत्रमा आएका लामाले नेपालका प्रमुख ७ शहरमा म्युजिकल नेपाल टुर गर्न लागिएको कालिका मिडियासंगको कुराकानीमा जानकारी दिईएको हो । द पोजेटिभ ईभेन्टको तयारीमा चितवन सहित बुटवल, हेटौडा, विर्तामोड, धरान,पोखरा र काठमाडौमा सो टुर गर्न लागिएको आयोजक संस्थाका ईभेन्ट म्यानेजर संजय क्षेत्रीले जानकारी दिनु भएको हो ।

चितवनको द स्नुकस् क्याफे एण्ड पपमा छेवाङको साथमा डिजे अतुलले संगितिक प्रस्तुती दिने आयोजक संस्थाका संयोजक पारस लामाले बताउनु भएको छ । चितवनको अल्फाविटा कन्सल्टेन्सीले साथ दिएको ईभेन्टमा नेपाली संगित र कलाकारहरुलाई प्रोत्साहन दिनु पर्दछ भन्ने उद्धेश्यले साथ दिएको अल्फाविटाका चितवन प्रमुख दिलिप कुमार शर्माले जानकारी दिनु भयो ।

उहाँले १७ भन्दा वढी देशमा अध्ययन गर्ने विद्यार्थीलाई सहयोग पुर्याउदै आएको समेत बताउनु भएको हो । टिकट दर २ सय राखिएको नेपाल टुरलाई चितवनको संन्देश फाउण्डेशनले समेत आथ दिएको छ ।

तपाईको प्रतिक्रिया