सिंगापुर । मिलन चाम्सद्वारा निर्देशित तथा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्धि तामांग द्वारा अभिनित सुपरहिट चलचित्र बिरबिक्रम–२ को जुन २२ र २३ तारिखमा सिंगापुरमा हुने प्रिमियर सोको लागि नायक पल शाह आज सिंगापुर आइपुगेका छन्।

आज सिंगापुरको चाँगी एयरपोर्टमा नायक पल शाहलाई भव्य स्वागत गरिएको थियो। सिंगापुरको गोल्डेन माइल टावर बीचरोड स्थित रेक्स सिनेमामा शनिबार र आइतबार गरि दुई दिन बिरबिक्रम–२ देखाइने र दुवै शोमा मुख्य आकर्षणको रुपमा नायक पल शाह रहने आयोजक नेपाली सिनेमा ग्रुप सिंगापुरका प्रिन्स लिम्बुले बताए।

भव्य रेड कार्पेट सहित दुवै दिन भव्य कार्यक्रम सहित बिरबिक्रम–२ देखाईनेछ। सिंगापुरमा रहेका नेपालीहरुको छुट्टी मिलाएर गरिएको दुवै दिनको शोमा उल्लेखीय दर्शक सहभागिता रहने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया