काठमाडौं । चर्चित नेपाली रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ का लागि दुई जना नयाँ कोच छनोट भएका छन् । सिजन–२ मा नयाँ कोचमा गायक राजु लामा र गायिका आस्था राउत छनोट भएका हुन् । यसअघिको सिजनमा रहेका कोचद्वय सनुप पौडेल र अभया बारिएसँगै लामा र राउत नयाँ कोचका रुपमा चयन भएका बताइएको छ । उनीहरुको साथमा पहिलो सिजनमा रहेका कोचद्वय दीप श्रेष्ठ र प्रमोद खरेल रहने छन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘द भ्वाइस अफ नेपाल–२’ का लागि आयोजकले आगामी कोचको बारेमा जानकारी दिएको हो । हिमालय एचडीबाट प्रसारण हुने शो आगामी साउनको पहिलो सातादेखि सुरु हुने सम्मेलनमा जानकारी गराएको थियो । शो शुक्रबार र शनिबार राति ८ बजे प्रशारण हुनेछ ।

तपाईको प्रतिक्रिया