असार ०८,विराटनगर ।
अनलाइन मिडिया समुहको आयोजनामा आज विराटनगरमा ” संघिय प्रदेश र स्थानिय तहको विकाश समृद्धिमा छिटो सुचनाका लागी अनलाइन मिडिया हरुको भुमिका विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रदेश नम्बर एकका समाजिक विकास मन्त्री जीवन घिमिरेले अबको पत्रकारिता क्षेत्रमा अनलाइन पत्रकारिताको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।

मन्त्री घिमिरेले अनलाइन मिडियाले छिटो सुचना प्रवाह गर्ने माध्यम बनेको हुनाले यसलाई थप सुधार गर्दै लैजानु पर्ने बताउनुभयो । उहाँले अब दैनिक पत्रीकाको युग समाप्त भै पाठकहरु अनलाइनमा सक्रिय हुने समय आइसकेको भन्दै अनलाइनलाई बिस्वस्नियताका साथ अगाडि बढाउनु पर्ने उल्लेख गर्नु भयो । मन्त्री घिमिरेले प्रदेश सरकार बाट अरु सञ्चार माध्यम झै समानुपातिक बिज्ञापन तथा अनलाइन मिडियाकर्मीहरुलाइ थप तालिमको व्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले अब देश बिकासमा सशक्त भुमिका निर्वाह गर्न अनलाइन मिडियाको बिशेश योगदान रहने बताउनु भयो । उहाले अरु सञ्चार माध्यम भन्दा अनलाइन सञ्चार माध्यमले छिटो सुचना प्रवाह गर्ने गरेको बताउदै अनलाइन मिडियालाई अगाडि बढाउन सबै व्यापारीक प्रतिस्ठानहरु बाट सक्दो सहयोग गरिने प्रतिबद्धता जाहिर गर्नु भयो ।

सोही विषयमा बोल्दै मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजालले अनलाइन सञ्चार माध्यमलाई सशक्त रुपमा अगाडि बढाउनु पर्ने बताउनु भयो । उहाले उद्योग संगठन मोरङ संग सहकार्य गरि अनलाइन मिडिया समुहलाई अगाडि बढाउन २५ हजार रुपैया सहयोग गर्ने घोषणा गर्नुभयो । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले प्रविधिको विकाश क्रम सगैँ भएको विकाशलाई सबैले अबलम्बन गर्दै आत्मसाथ र पेशागत मयादामा रहेर पत्रकारिता गर्नको लागी अनलाईन कर्मी पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

अनलाइन मिडिया समुहको मोरङ अध्यक्ष तेजेन्द्र बहादुर भण्डारीले फेसबुक सञ्जालले गर्दा अनलाइन पत्रकारिता बद्नाम हुदै गएको गुनासो गर्नुभयो । उहाले अनलाइन मिडियाको लागि चाहिने आवश्यक कानुनहरु पनि निर्माण हुनु पर्ने र अनलाइन मिडियाहरुलाइ नियमन गर्ने निकायको आवश्यकता रहेको बताउनु भयो ।कार्यक्रममा मोरङमा क्रियाशिल पत्रकार एवम सञ्चारकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया