राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा पछिल्लो पटक कसरी हुन्छ अरु भन्दा पृथक स्वाद प्रदान गर्नका निमित्त कलाकारहरु खटिरहेका हुन्छन् । यसै खटाई भित्र यतिबेला काभ्रेली कलाकार समाजले एक मौलिक र पृथक धारमा लोक दोहोरी गीत “कलि बलेको” बोलको गीतलाई बजारमा ल्याएको छ । यो बेला नेपाली गीत संगीतको क्षेत्रमा एउटा गीत तयार गर्न निकै खर्च हुने स्थिति छ । यस गीतमा भने थोरै खर्चमा पनि उत्कृष्ट स्वाद दिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरिएको छ । किन कि निर्माण युनिटका अनुसार यस गीत र म्युजिक भिडियोलाई निकै न्यून बजेटमा तयार पारिएको छ । गीतमा बिक्रम ढुंगाना, सबिता ढुंगाना, सन्तोष बि.सी र सत्य देबी खड्काको स्वर सुन्न सकिन्छ ।

बिक्रम ढुंगानाको शब्द लयमा सजिएको “कलि बलेको” बोलको गीतको म्युजिक भिडियोमा नबराज गौतम एन.आर, सबिता ढुंगाना, सबिन गौतम, मिश्रा काफ्ले, सुभद्रा ढुंगाना, केदार न्यौपाने, सुरेश गौतम, सपना कुँवर, प्रमिला नेपाल, युबराज चौलागाईं, मन्जु ढुंगाना चन्द्रमान ढुंगाना, कृष्णकला सापकोटा, संगीता अधिकारी, बिनोद नेपाल, सत्यदेबी खड्का, जमुना हुमागाईं र मधु नेपालको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन सन्तोष बि.सी ले गरेका हुन् भने छायांकन सुरज खनाल र सम्पादन दिपक बिष्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया