काठमाडौं । गायक प्रकाश सपूतविरुद्ध अर्का गायक शम्भु राईले प्रतिलिपी आरोपमा मुद्दा दायर गरेका छन् । सपूपतको बोल माया–२ को गलबन्दी बोलको गीत आफ्नो गीतबाट चोरिएको भन्दै राईले बिहीबार प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा मुद्दा दायर गरेका हुन् ।

प्रकाशको गलबन्दी गीतको भाका राईको ‘आऊ नाचौं साथी हो’सँग हुबहु मिलेको राईको दावी छ ।

सपूतको गीत गलबन्दी नेपाली लोकगीतका सबै रेकर्ड तोड्न सफल भएको थियो । युट्युबमा करोड दर्शक पाउने पहिलो लोकगीतसमेत बनेको गलबन्दी चोरेर बनेको भनेपछि विवादमा तानिएको थियो । यो विषयमा दुबै गायकले आ आफ्ना दावी गरेका छन् । अब यो विषयमा प्रतिलिपी अधिकार रजिष्ट्रारले नै छिनोफानो गर्नेछन् ।

तपाईको प्रतिक्रिया