काठमाडौं । फिल्म ‘साइनो’को ‘कुन मायाको साइनो’ बोलको गीतमा पुरस्कार राखिएको छ । एलिश कार्कीको संगीत तथा प्रताप दास र जीना रसाइलीको स्वर रहेको गीतको टिकटक भिडियो आह्वान गरिएको छ । जसमा नगद पुरस्कार समेत राखिएको हो ।

राजेशकुमार श्रेष्ठको शब्द रहेको गीतको भिडियोमा कलाकार नचाउने काम भने कोरियोग्राफर रामजी लामिछानेले गरेका छन् । गीतमा अभिनेत्रीद्वय नीता ढुंगाना, मिरुना मगर र नव अभिनेता राज कुमार बीचको त्रिकोणात्मक प्रेम देखाइएको छ ।

गीतको कुनै पनि अंशमा इच्छुकले टिकटक भिडियो बनाउन सक्ने निर्देशक रमेश थापाले जानकारी दिए । टिकटक बनाएर ‘साइनो’ फिल्मको अफिसियल फेसबुक पेजमा पठाउनु पर्नेछ । प्रतियोगितामा उत्कृष्ट हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजारको दरले पुरस्कार दिइने उनले जानकारी दिए ।

त्यस्तै, पाँच जनालाई गिफ्ट ह्याम्पर र दुई जना भाग्यशालीलाई आस्था कला केन्द्रमा १ वर्षको लागि निःशुल्क प्रशिक्षणको व्यवस्था गरिएको छ । विजेताको घोषणा फिल्म रिलिज अगावै हुनेछ । साउन २४ मा फिल्म रिलिज हुँदैछ ।

फिल्ममा भुवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राईलगायतका कलाकारको अभिनय छ ।

तपाईको प्रतिक्रिया