काठमाडौं । अभिनेत्री रेखा थापा सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएकी छिन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नरबहादुर कार्की पक्राउ परेपछि उनी राज्यप्रति आक्रोशित भएकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै आफ्नो आक्रोश पोखेकी छन् । उनले फेसबुकमा लेखेकी छिन् ‘राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियो आज । सामाजिक अभियन्ता, अन्तर्राष्ट्रिय मोटिभेटर आदरणीय नरबहादुर कार्की सरलाई प्रहरीले एक अपराधीलाई जसरी पक्राउ गरेको छ । धकेलेर, भरखरै मारौँला जस्तो गरेर गणतान्त्रिक लोकतन्त्रात्मक प्रहरी प्रस्तुत भएको खुद आँखाले देख्न पाइयो । कुनै व्यक्ति, कुनै पार्टीको नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो ?’

तपाईको प्रतिक्रिया