मुम्बइ। पछिल्लो समय बलिउडमा निकै चर्चित जोडी टाइगर श्राफ र दिशा पाटनीको ब्रेकअप भएको छ । पिंकभिलाको रिपोर्टअनुसार यी दुई सहमतिमै छुट्टिएका हुन् । उनीहरुले आफूहरुबीचको प्रेम सम्बनध अन्त्य गर्ने तर मित्रतालाई भने निरन्तरता दिने निर्णय गरेको रिपोर्टमा दावी गरिएको छ ।

यी दुई विगत ३ वर्षदेखि रिलेसनशिपमा थिए । टाइगरका पिता ज्याकीले पनि उनीहरूको प्रेमलाई स्वीकार गरेका थिए । रिपोर्टअनुसार पछिल्लो केही सातादेखि दिशा र टाइगरको सम्बन्धमा फाटो आइरहेको थियो । उनीहरू छुट्नुको पछाडि टाइगरको अभिनेत्री तारा सुतारियासँगको निटकता र दिशाको आदित्य ठाकरेसँगको बढ्दो मित्रतालाई मानिएको छ ।

हाल दिशा ‘मलंग’को सुटिङमा व्यस्त छिन् भने टाइगर पनि ऋतिक रोशनसँगको एक सिनेममा व्यस्त छन् । दुबैले आफ्नो पछिल्लो सम्बन्धका बारेमा औपचारिक प्रतिक्रिया जनाएका छैनन् ।

तपाईको प्रतिक्रिया