नेपाली सिनेमा क्षेत्रका चर्चित कलाकार , निर्माता तथा लेखक दिपक राज गिरी एक मात्र यस्ता कलाकार हुन जसले देशको समसामायिक कुराहरुमा आफनो अभिव्यक्ति दिने गर्छन् । जबकी कलाकारहरु यस्ता बिषयहरुमा प्राय टाढै बस्छन् । कलाकार एउटा आम नागरिक पनि हुन त्यसैले उनीहरुले पनि यस्ता बिषयहरुमा बोल्दा सकरात्मक सन्देश जाने गर्छ । यसबीच सरकारले ल्याएको विदेशी च्यानलमा ‘क्लिन फिड’ लगाउने (विज्ञापनरहित बनाउने) नितिको समर्थन गरेका छन् । सरकारले ल्याएको यस नितिमा बिदेशी कलाकारहरुको अभिनय रहेको विज्ञापनमा प्रसारण गर्न पाईने छैन ।

तर यस विधेयकको बिरोधमा भने इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केबल टेलिभिजन महासंघले हिजोदेखि आज ३ बजेसम्म सबै बिदेशी च्यानलहरु बन्द गरिदिएका छन् । यही बिषयमा उनले सामाजिक सञ्जालमाफर्त सरकारको यस कदम सकरात्मक भएको टिप्पणी गरेका छन् । उनले नेपाली उत्पादनहरु पछाडी पर्नु र प्रयोगमा नआउनुमा बिदेशी बिज्ञापनहरुको भूमिका रहेको भन्दै उनले सरकारले लिएको क्लिन फिडको निर्णय सहि छ भनी समर्थन गरेका हुन् । उनले लेखेका छन “हामीले गाउँको महका चाका छोडेर डावर हनि खान थालेको धेरै भो । नेपाली जुत्ता, नेपाली खाना, नेपाली मनोरन्जनको स्थान अहिले बिदेशी ब्रान्डले लिएका छन् ।कारण गुणस्तर मात्रै होइन।”

उनी अगाडी लेख्छन् “बिदेशी टेलिभिजनमा आउने बिज्ञापनको असर पनि हो ।अत : सरकारले लिएको क्लिन फिडको निर्णय सहि छ , समर्थन छ ! बिदेशीलाइ हाम्रा देशमा घुम्न बोलाउने हो यहि स्थाइ बसोबास गराउने होइन त्यस्तै बिदेशी टेलिभिजन लाइ पनि नेपालमा स्वागत गर्नु पर्छ ।
उनीहरुको ब्रान्ड प्रमोशन गर्ने बिज्ञापनलाई होइन। राष्ट्रीयता ,झन्डा बोकेर मात्रै हुदैन ।” दिपकसंगै नायिका करिश्मा मानन्धरले पनि सरकारले ल्याएको क्लिन फिड नितिको समर्थन गरेकीछिन् । उनले उक्त नितिले केही व्यक्तीहरुलाई असर परे पनि दुरगामीरुपमा हेर्दा देशलाई भने फाईदा हुने उनको तर्क छ ।

तपाईको प्रतिक्रिया