काठमाडौं । एसइई परीक्षा दिने निश्चित भएसँगै नेपाली अभिनेत्री करिश्मा मानन्धरले परीक्षामा कस्तो नतिजा ल्याउँछिन् भन्ने चासोको विषय थियो । बिहीबार त्यो चासो एसईईको परीक्षाफल सार्वजनिक भएसँगै सबैको जिज्ञासा मेटिएको छ ।
३ जीपीए ल्याएकी करिश्मा बी प्लस ग्रेडमा उत्तीर्ण भएकी छन् ।

अभिनेत्री मानन्धरले एसईईको तयारीका लागि विध्यालयमा भर्ना भएर नियमित कक्षा समेत लिएकी थिइन् । उनी त्रिवेणी पब्लिक बोर्डिङ स्कुलमा कक्षा ८ मा भर्ना भएकी थिइन् । त्यसै विद्यालयबाट उनले एसईईको तयारी गरेकी थिइन् ।

अभिनेत्री मानन्धरले अध्ययन गरेको त्रिवेणी पब्लिक बोर्डिङ स्कुलको सेन्टर विजय स्मारक माविमा परेको थियो । काठमाडौंको डिल्ली बजारमा रहेको त्यस विद्यालयबाट उनले एसईई दिएकी हुन् ।

करिष्माले कक्षा ७ पढ्दापढ्दै पढाइ बीचैमा छोडेर सिने क्षेत्रमा लागेकी थिइन् । उनी चलचित्र क्षेत्रमा आउँदा मात्र १४ वर्षकी थिइन् । एकपछि अर्को चलचित्रमा प्रशंसा हुन थालेपछि उनले पढाइ बिर्सिइन् र चलचित्र क्षेत्रमा नै रमाउन थालिन् ।

बिहीबार एसईईको परीक्षाफल सार्वजनिक हुँदा मानन्धरलाई मोबाइलमा घन्टी बजेर दिक्क बनायो । उनले बिहीबार दिउँसो समाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘आज पहिलो पटक महसुस गरेँ घरीघरी फोन बज्दा के हुन्छ ।’

Tekwando

तपाईको प्रतिक्रिया