काठमाडौं : चित्रकार, गायक एवं संगीतकार ज्योति प्रकाश स्वर र संगीतमा रहेको कति रातहरु बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ ।
यस अघि विन्ती छ मलाई, हिजो भन्दा आज राम्री, जाने निस्ठुरी लगायतका गीतबाट सफलता पाएका गायक ज्योति प्रकाशले यस पटक पनि नेपाली सुगम संगीतलाई अझ माथी उठाउने प्रयास गरेका छन् ।
नेपाली चित्रकलामा ख्याति कमाएका अझ भनौं प्रख्यात चित्रकारले नेपाली सुगम संगीतलाई अझ नयाँ उचाइमा लैजान सक्ने प्रसस्त सम्भावना देखिन्छ । सानै देखि कला, संगीत र साहित्यमा रुचि भएका गायक ज्योतिको यस सार्बजनिक गीतको भिडियोमा नेपाली समसामयिक विषय बस्तु उठान गरिएको छ ।
चन्द्र भट्टचनद्वारा लेखिएको यस गीतलाई गायक ज्योति प्रकाशले आफैं संगीत भरेका छन् । यस कति रातहरु बोलको गीतको भिडियोलाई मिलन कार्कीले निर्देशन गरेका छन् भने सन्तोष पिथाकोटी मगरले खिचेका हुन् । मिलन कार्की आफैंले सम्पादन गरेको यस भिडियोमा पुस्तक रेग्मी, रञ्जु भुजेल र भिम मगरको अभिनय रहेको छ ।
यस गीतलाई परेली संगीतको युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया