राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरु तयाहाङ्मा राईको छुट्टै पहिचान स्थापित भैसकेको छ । उनले के पूर्व के पश्चिम सबै भूभागका संगीत अनुरागीहरुका लागि लक्षित गर्दै यस अगी थुप्रै गीतहरु बजारमा ल्याइसकेकी छिन् । सोहि क्रम र आफ्नो सांगीतिक यात्राको निरन्तरता स्वरूप उनको स्वरमा फेरी अर्को गीत बजारमा आएको छ । उक्त गीत “यात्रा” बोलको रहेको छ ।

जिबन यात्राका परिभाषा सहित बजारमा आएको यस गीतलाई शब्द युवा राई र संगीत दिनेश सुब्बाले भरेका छन् । हाललाई स्टुडियोमा नै रेकर्ड गरे झैँ तयार पारिएको यस गीतको म्युजिक भिडियोलाई थप उत्कृष्टता दिंदै आगामी दिनमा बजारमा ल्याउने बाचा गरिएको “यात्रा” बोलको गीतको अहिलेको भिडियोलाई SSOG_OFFICIAL युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया