राजु बोहरा–काठमाडौँ । रामेछाप जिल्लामा जन्मिएर काठमान्डौलाई आफ्नो सांगीतिक कर्मथलो मान्दै आएका सर्जक तथा संगीतकार एच.बि रसाइलीको संगीतमा निकै मन छुने आधुनिक गीत भर्खरै बजारमा आएको छ । उक्त गीत “मैले भुलें” बोलको रहेको छ । नेपाली फिल्मी गीतहरुमा प्रयोग गर्न लाएकको यस गीतमा स्वरुपराज आचार्य र अन्जु पन्तको सुमधुर स्वर रहेको छ । गीतलाई शब्द बिकाश थापा मगरले लेखेका हुन् ।

“मैले भुलें” बोलको गीतको म्युजिक भिडियोमा वर्षा थिङ्ग र बिकाश थापा मगरको अभिनय देख्न सकिन्छ । भिडियोलाई कोरिग्राफी सुरेश पाण्डेले गरेका हुन् भने छायांकन पवन गौतम, बिमल ढकाल र सम्पादन टि.बि थापा बराल मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया