सन्ध्या फिल्म्स् एन्ड मिडिया प्रा लीको दोश्रो म्युजिक भिडियो ” ओए काले” डिजीटल बजारमा आएको छ । सन्ध्या ग्रुप अलखोर कतारको साहित्यिक बिभाग मुग्लानी सौगातको ७२ औ साहित्यिक वाचन डबलीकोअवसरमा भिडीयो बिमोचन गरि बजारमा ल्याईएको हो ।

बिमोचन संगै रिलिज भएको भिडियो एक्का कम्पनी युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । डिजीटल बजारमा आए संगै बिभिन्न माध्यमबाट गीतको राम्रो प्रतिक्रिया आएको छ । म्युजिक भिडियो निर्देशक सुरज तामाङ द्वारा निर्देशन गरिएको गित मोडल तथा डान्सर राज गुरुङ द्वारा कोरियोग्राफी गरिएको छ । एम बि लेप्चाको स्वर जितेन लेप्चाको सङ्गीत तथा प्रकाश सापकोटाको लय शब्द रहेको गित उत्कृष्ट बनेको निर्माण पक्षको दाबी छ ।

भिडियो कतारका विभिन्न मनमोहक सुन्दर पार्कहरुमा छायांकन गरिएको छ । अत्यन्त चर्चामा रहने बिश्वास लिएको यो भिडियोमा कलाकार तथा मोडलहरु राज गुरुङ, उर्मिला लामा, दिनेश गुरुङ, रमेश सुनार, सुबास खनाल लगाएतका कलाकारहरुको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया