Flash

काठमाडौं । परिवारको पुरानो ‘धन्दा’मै लाग्ने वा आफ्नो जीवनका अन्य आयामलाई पहिचान गर्ने भन्ने द्विविधामा रहेको प्रमुख पात्रबाट सुरु हुन्छ नाटक ‘फ्लाइट’।

गाउँको शक्तिशाली परिवारसँग उक्त पात्रको संघर्ष चल्छ। उसको मुक्तिको चाहना पूरा हुन पाइराखेको हुँदैन। उ बाहिर निस्कन पनि सक्दैन। गलत भएको जान्दाजान्दै पनि परिवारले चलाएको महिला भारतका कोठीमा पुर्याउने धन्दामा अभ्यस्त हुँदै जान्छ त्यो युवक पनि।

महिलालाई अन्तर्यको सौन्दर्यभन्दा पनि आवरणलाई हेरेर उपयोगको साधन बनाएको सन्दर्भले नाटक गर्ने दर्शकलाई प्रश्न गर्न बाध्य बनाउँछ। नाटक क्रमशः अघि बढ्दै जाँदा शक्तिशाली पंक्षी चीलको प्रवेश हुन्छ। त्यसपछि जुन सन्देश नाटकमार्फत् प्रस्तुत गरिएको छ, त्योचाहिँ समाजको युगान्तकारी छलाङको कसी बन्न पुग्छ।

फ्रान्सेली कलाकार अलिजे बिआनिकको लेखन तथा निर्देशन रहेको नाटक ‘दी फ्लाइट’ काठमाडौंको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा मञ्चन भइरहेको छ। नाटकमा सामाजिक विषयको उठान गरिएको निर्देशक अलिजेले बताइन्। ‘आर्थिक प्रलोभनले सामाजिक विचलनले बढिरहेको छ, तर परिवर्तन आवश्यक र अवश्यम्भावी छ भन्ने विषयको उठान नाटकमा गरिएको छ,’ उनले भनिन्, ‘दी फ्लाइटको सन्देश सोँच र चिन्तनमा सम्पूर्ण परिवर्तन आवश्यक छ भन्ने नै हो।’

सोलिस पर्फमिङ आट्र्स र वान वल्र्ड थिएटरको प्रस्तुति रहेको नाटकमा पशुपति राई, विजया राई, किरण श्रेष्ठ, सृष्टि महर्जन, निसिला शाक्य, सरोज श्रेष्ठ, सलमान खान गुरुङ, जेडी तमु, कल्पना सियोङ सोङ, सुनिल तामाङ, रोश्नी कार्की लगायत २६ जना कलाकारको अभिनय छ।

Published date : २०७६-असार-२१ १०:५३

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

सुचना विभाग द .न १४०९ /०७५/ ७६

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]