शिव भट्टराई,

मेरो घर छैन म कहाँ जाउँ, म यहि बस्छु वाहिरा गए मलाई हेला गर्छन ढुंगा हान्छन्’ नाटक शुरु हुन्छ…। नाटकको शब्दले जिल्ला कारागार भोजपुरमा कैदि जिवन विताइ रहेकी षडानन्द नगरपालिका–८ तुंगेछाकी अस्मिता तामाङ्गको गहभरी झरे, तामाङले धेरै पटक आशुलाई रोक्न खोजे सकिनन् । अस्मितालाई लागेको थियो, कैदि जिवन विताउँदा पनि कारागार भित्र मनोरन्जन गर्न पाइएला भनेर सोचेकी पनि थिइनन् । तर कारगारभित्र नाच्न पाउने अवशर पाएपछि उनि निक्कै खुशी देखिन्थन । उनिसंगै पुर्पक्षका लागि थुनामा रहेकी सुर्खतका लक्ष्मी ठकुरीलाई पनि वाहिरा खुल्ला ठाउँमा भए जस्तो लाग्यो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना भएको मानवअधिकार पर्वधनका लागि सचेताना मुलक कार्यक्रम अन्तर्गत जिल्ला कारागारको कैदिहरुको वीचमा कार्यक्रम गरेको हो । हसंवाहिनी फिल्मस प्रोडक्सन प्रा.लि.को संयोजनमा भएको कार्यक्रममा कारागारमा रहेका कैदिबन्दीहरुको मानवअधिकारको विषयमा जानकारीका साथै प्रहसन र साँस्कृतिक प्रस्तुति समेट समेटिएको थियो । कलाकारहरुको साथमा रहेको टोलीले सांगितिक कार्यक्रम प्रस्तुति गर्दा कैदिबन्दीहरु पनि संगसंगै नाचेका थिए ।

कारगारमा कैदि जिवन विताउनु परेको पिडा एकैछिनलाई विर्सिदै उनिहरुले पनि आफुमा भएको प्रतिभा प्रस्तुत गरेका थिए । भोजपुर कारागारमा दैनिकजसो संगित समेत सिक्ने र सिकाउने काम भैरहेको कैदि कृष्णप्रसाद राईले बताए । उनिहरुले गितार, तवला र हार्माेनियमको माध्यमबाट संगित सिकिरहेको बताए । प्रदेश नम्बर १ मा रहेको सबै कारागारहरुमा रहेका कैदिहरुको कैदि जिवनमा रहदाँ पनि सकारात्मक सोचको विकास हुन सकोस् र कैद मिनाहापछि समाजमा गएर राम्रो काम गर्न सकुनभन्ने उदेश्यले कार्यक्रम गरिएको संयोजक कृष्णप्रसाद नेपालले बताउनुभयो ।

कार्यक्रममा गायक नगेन्द्र कटवाल त्यसैगरी गायिका गंगा गौतमले पुराना तथा नयाँ पुर्वेली लोक भाकाका गीत प्रस्तुत गरेका थिए ।कृष्ण नेपाल,शिव भट्टराई भोजपुरे,कल्पना पाण्डे,रोहिता भट्टराई, सुष्मा तिमल्सिना, ओम बस्नेत, निशु बस्नेतलगायतले गीत, नृत्य तथा प्रहसन प्रस्तुत गरेका थिए ।

कार्यक्रमकाअध्यक्ष प्रमुख जिल्लाअधिकारी नुरहरी खतिवडाले यस्ता कार्यक्रमले कैदिबन्दीलाई सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख नरबहादुर सलामी मगर, कारागार प्रमुखको सहभागिता रहेको थियो । जिल्ला कारागार भोजपुरमा हाल ९४ जना कैदिबन्दी रहेका छन । जसमध्ये ८५ जनापुरुष र ९ जनामहिला रहेको जेलर खगेन्द्र अधिकारीले बताउनुभयो ।

असार ६ गते शुक्रवार ईलामदेखि सुरु गरेर पाँचथर , ताप्लेजुङ धनकुटा , तेर्हथुम , संखुवासभा , भोजपुर , सोलुखुम्बु , ओखलढुङगा , कारागारमा गरी जम्मा प्रदेश नं.१ का १० वटा जिल्लामा पुगि खोटांग जिल्लाको दिक्तेल कारगारमा कार्यक्रम गरी भव्य समापन गरिएको थियो।

तपाईको प्रतिक्रिया