गुणराज श्रेष्ठ र टिका प्रसाईको स्वरमा रहेको गीत ‘पिरतीमा’ सार्वजनिक भएको छ । गीतमा प्रदिप ( द नेक्स्ट ) र सृष्टि खड्का फिचर्ड छन् । रोमान्टिक शैलीमा तयार पारिएको गीत आकर्षक बनेको छ । गीतमा बि पाण्डेको शब्द तथा सुबास भुसालको संगीत तथा उदयराज पौडेलको एरेन्ज सुन्न सकिन्छ । म्युजिक भिडीयोको कोरियोग्राफी भने पवन सुस्लिंगको देख्न सकिन्छ ।

म्युजिक भिडीयोलाई पवन सुस्लिंगलेनै सम्पादन तथा खिचेका हुन् । प्रदिप लामाको निर्देशन रहेको भिडीयोमा सपन लम्सालले मेकअप गरेका छन ।

तपाईको प्रतिक्रिया