Flash

काठमाण्डौ असार २३ – नेपाली कलाकारिता क्षेत्रमा परिचित नाम  नायिका मरिष्का पोखरेल पछिल्लो समय आइटम गीतमा रमाउन थालेकी छिन् । केही दिन पहिले फिल्म ‘द डार्क एण्ड लाइट’ को एक आइटम गीतमा अभिनय गरेकी मरिष्का ‘मिस्टर भर्जिन’ फिल्म पश्चात आइटम तिर केन्द्रित हुन थालेकी हुन् । लुजर्स’ नामक फिल्मको गीतमा उनको आइटम डान्स हेर्न सकिन्छ ।

उक्त फिल्मको गीत शनिबार काठमाडौंको चावहिलमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ । मिना निरौला र तोरेम्पा राईको युगल गायन रहेको ‘यस्तै हो बैशमा’ बोलको गीतमा मरिष्का बोल्ड अवतारमा देखिएकी छिन् । तर गीत सार्वजनिक समारोहमा भने उनी अनुपस्थित रहिन् ।

गोपाल चन्द्र राईको शब्द रचना रहेको गीतमा अदिराम राईको संगीत रहेको छ । अनिल राईको नृत्य निर्देशन रहेको गीतमा बैश र जवानीको कुरा समावेश छन् । नाट्येश्वर फिल्मस् प्रालिको प्रस्तुति चलचित्र ‘लुजर्स’ लाई रमेश बिसुन्केले लेखन तथा निर्देशन गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको चलचित्रलाई विनोद बमले सम्पादन गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : २०७६-असार-२३ १०:५७

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]