राजु बोहरा–काठमाडौँ । नेपाली गित संगीतको क्षेत्रमा ब्यवसाहिकता नहुँदा पनि कलाकारहरु आफ्ना सिर्जना र स्वरबाट अशंख्य श्रोता तथा दर्शकहरुलाई आनन्दित तुल्याउनका लागि अवारात्र खटिरहेका छन् । सोहि खटाई र त्याग संगै यतिबेला अरुणा राईको आधुनिक गीत “केहि छैन गुनासो” बोलको गीत भर्ल्हारै बजारमा आएको छ । बिगत केहि वर्ष अगी सम्म नेपाली गीत संगीत सी.आर.बि.टि माध्यम बाट खुबै लोकप्रिय हुने गर्दथ्यो । त्य

सबेला बजारमा आउने गीत कसैलाई आफ्नो भाव ब्यक्त गरे झैं, तिमि बिना बाँच्न सक्दिन, मेरो संसार तिमि हौ, फोन उठाउन सानु जस्ता हुने गर्दथ्यो । गायिका अरुणा राई द्वारा स्वर बद्ध गीत केहि छैन गुनासो पनि त्यस्तै ढंगबाट तयार भएको छ । गीतमा केहि छैन गुनासो, मिलन बिछोडको , बधाई छ तिमीलाई नयाँ जिबनको, यो शब्दले पनि कसैलाई फोनै मार्फत आफ्नो भाव पोखिए जस्तोबुझ्न सकिन्छ ।

गीतलाई शब्द kamansing Mocksu Rai र संगीत Amar Rai राइको रहेको छ । हाललाई यो गीतको म्युजिक भिडियो स्टुडियोमा स्वर भर्दाको छर्लंग दृश्यलाई कैद गरेर तयार पारिएको छ । थप यस गीतको म्युजिक भिडियोलाई उत्कृष्टता दिंदै बजारमा ल्याइने कुरा निर्माण युनिटले जानकारी गराएको छ । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया