काठमाडौं । चलचित्र ‘झिङ्गे दाउ’ निर्माण हुने भएको छ ।

पुराना निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा चलचित्र निर्माण हुन लागेको हो । यो चलचित्रमा अभिनेत्री केकी अधिकारी र गत वर्ष प्रर्दशनमा आएको चलचित्र ‘बुलबुल’बाट डेब्यू गरेका मुकुन भुषालले स्क्रिृन शेयर गर्ने भएका छन् । यो जोडीले पहिलोपटक स्क्रिृन शेयर गर्न लागेको हो ।

चलचित्रका लागि मुकुन गत महिना अनिुबन्ध भएका थिए भने केकी दिन अगाडी मात्रै अनुबन्ध भएकी हुन् ।

अन्य कलाकारको छनोट कार्य भईरहेको र केही दिनमा औपचारिक घोषणा गरिने निर्देशक देउजा बताउँछन् । ‘कपनगढी सिनेमा प्रालि’को व्यानरमा निर्माण हुने चलचित्रलाई प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्रको संवाद पनि भारद्वाजकै रहेको छ ।

सामाजिक विषयबस्तुलाई उठान गर्ने चलचित्रलाई निर्देशक ज्ञानेन्द्र स्वयंमले निर्माण गर्न लागेको हुन् ।

भदौबाट छायांकनमा जाने चलचित्रलाई सिन्धुली, खोटाङ, दोलखा र काठमाडौंमा खिचिने छ ।

तपाईको प्रतिक्रिया