काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु २’को शुभ–मुहूर्त गरिएको छ ।

मंगलबार गोखराको मनकामना मन्दिरमा पूजाआजा गरि चलचित्रको शुभ–मुहूर्त गरिएको हो । चलचित्रमा पल शाह र पूरा शर्माको मुख्य भूमिका रहनेछ । चलचित्रलाई ‘म यस्तो गीत गाउँछु’कै निर्देशक सुदर्शन थापाले निर्देशन गर्न लागेको हुन् । मुहूर्त समारोहमा निर्देशक थापा, अभिनेता पल र अभिनेत्री पूजा सहभागी थिए ।

‘म यस्तो गीत गाउँछु’मा पल र पूजाको जोडीलाई दर्शकले अत्याधिक रुचाएका थिए । ‘म यस्तो गीत गाउँछु २’को मुहूर्तसंगै यो जोडीलाई दर्शकले पुनः एकपटक पर्दामा पाउने भएका हुन् ।

भदौंबाट छायाँकनमा जाने भनिएको चलचित्र आउँदो फागुन १३ गतेबाट प्रदर्शनमा आउने जनाईएको छ । पल र पूजाबाहेक अन्य कलाकारहरु भने फाइनल हुन बाँकी रहेको निर्देशक थापाले जनाएका छन् ।

तपाईको प्रतिक्रिया