आर पोखरेल , काठमान्डाँै ।

पछिल्लो समय बहुचर्चित गीत गलबन्दीको चर्चा संगै कलाकार प्रकाश सपुतलाई लिएर सामाजिक संजालमा जातिय विभेद र देशमा जातिय कुराले एक प्रकारको तरङ्ग पैदा भैरहेको अवस्थामा जय नेपाल फिल्मस् प्रा.लि.को प्रस्तुतिमा जनचेतनामुलक लोक गीत “कथा दलितको“ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

ईश्वर बाबु को आवाजमा रहेको गीतलाई शब्द भने गणेश सेन्चुरीको शब्द सिर्जना रहेको छ । ईश्वर बाबुको सर्वोकृष्ट लय सिर्जना रहेको छ । भिडियो मा हाम्रो समाजमा अझै यथावत रहेको कु(संस्कार लाई झल्काउन खोजिएको छ ।
ईश्वर बाबुको निर्देशन तथा सम्पादनमा तयार पारिएको भिडियो लाई ईश्वर बाबुले छायांकन गरेका हुन भने सह छायांकनमा गणेश सेन्चरीले साथ दिएका छन । गीतमा गणेश सेन्चुरी, कन्चन चौधरी,ईश्वर बाबू र बुबाको भुमिकामा चर्चित अनुहार खेम घर्ती को अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया