सुमित्रा अश्रुधारा
हाङ चेम्जोङको निर्देशनमा फेरि अर्को म्युजिक भिडियो सार्बजनिक नेपाली तारा दुई को बिजेता सन्तोष लामाको आवाज रहेको गित आधा मुटु तिमी संगै …. को म्युजिक भिडियो सर्बजनिक भएको छ।

समय लाई केहि कदम अघि जान नदिएर आफ्नो बसमा राख्न सक्ने खुबी भएका एक मात्रै जागरिला निर्देशक भन्दा फरक पर्दैन निर्देशक हाङ चेम्जोङ लाई । कोरियामा रहेर पनि निरन्तर उत्कृष्ट म्युजिक भिडियो हरु बजारमा ल्याइरहेका छन उनले । एक पछि अर्को गर्दै नया- नया म्युजिक भिडियो हरु निर्माण तथा निर्देशन गर्न सफल ब्यास्त निर्देशक भन्दा फरक पर्दैन उनलाइ । बाक्लो रुपमा कोरिया बाट म्युजिक भिडियो निर्देशन अनि निर्माण गर्ने एक मात्रै सफल निर्देशक हुन उनी ।
यात्रा निरन्तर गरिरहने उनी भन्छन् खै कहाँ पुगेर रोकिन्छ गन्तव्य म त अझै लामो- लामो गन्तव्य को खोजिमा छु मलाई अफ्ट्यारो हरुले छुदैन बरु खुलेर जिउन चाहान्छु । सखारै उठेर सोजु र मिक्जु र हुस्कीको पार्टिमा पनि पुग्छन उनी साथी भाइ भन्दा कम कहिले भए जस्तो लाग्दैन उनलाइ ।आफ्नो ड्युटी गरेर बगाएको पसिनाको पैसाले सके सम्म को असाहय बिरामी हरुको सहयोग मा पनि छुटाउछन अनि भन्छन उनी अरुलाइ सधै संमान गर तिम्ले पनि त्यै पाउछौ । एक मात्रै नेपाली भाषी अनलाइन रेडियो गोर्खाली दक्षिण कोरिया बाट प्रसारण हुने अनलाइन रेडियो/ टिभिको स्टेसन म्यानेजर पनि हुन उनी । बेला- बेला कोरिया को ब्याक्ती/ ब्याक्तित्व हरुको बिचार हरु राख्न पनि भ्याउछन आफ्नो रेडियो टिभी मार्फत भिडियो इन्टर्भिउ बाट । सकारात्मक सोच र सकारात्मक परिवर्तन को लागि अघि बढिरहेको अनलाइन रेडियो ले विभिन्न सुचना र संचार लाई जोडिरहेको छ भने डेल्लि स्टेट वाइभ साइट मार्फत पनि सुचना र संचार लाई धारा प्रबाह अगाडि बढाइ रहेको छ रेडियो अनलाइन गोर्खाली ले । नेपालका चर्चित गायक गायिका हरुको आवाज हरुमा आफुले काम गरिसकेको बताउछन उनी साथै भाग्यमानी पनि महशुस गर्छन ।

देबेन्द्र दुवाडेको शब्द सिर्जना तथा रोजन सुन्दास र इन्दु बसेल को कास्ट अनि दिपक पौडेल को छायांकन साथै रमेश थापाको एडिट अनि सम्पादन बिबि अनुरागी को संगीत तथा एरेन्ज मा नेपाली तारा दुइको बिजेता गायक संतोष लामाको आवाज निर्माण भएको छ यो आधा मुटु।ओ यश आर डिजिटल बाट बजारमा आएको उक्त भिडियो ले एकदमै राम्रो बजार पाइरहेको छ साथै राम्रो प्रतिक्रिया पनि पाइरहेको छ।

तपाईको प्रतिक्रिया