आर पोखरेल, काठमान्डाँैँ ।
बुर्तिबाङ्ग म्युजिक प्रालीको प्रस्तुतीमा बजारमा मौलिक सिर्जनाहरु आइरहेको अवस्थामा निकै मार्मिक लोकदोहोरी ”तिम्रो साथमा ”गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका देवी धर्ति र गायक नविन संगीतको आवाज गीतमा रहेको छ ।

गीतमा आफनी मायालुको यादमा निकै तडपिएको कुरा गरिएको छ । आफनोे मायालुको यादमा जिवन निकै अफटयारो अवस्थामा पुगेको कुरालाई गीत मार्फत समेटिएको छ । शक्ति समिर खत्रीको शब्द तथा मन कुमार मगरको लय सिर्जना गीतमा रहेको छ । गीतमा मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । ”तिम्रो साथमा ”गीतको भिडियोमा प्रेरणा बोहोरा , बुद्धविर थापा र सारिका केसीको अभिनय रहेको छ ।

”तिम्रो साथमा ”गीतको पुरा भिडियो हेर्नृ तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया