राजु बोहरा–काठमाडौँ । नेपालि नारीहरुको महान महान चाड हरितालिका तीजको पावन अवसरमा धेरै गीतहरु बजारमा आउन थालिसकेका छन् । सोहि क्रममा गोबिन्द गौतमको “तिमि मेरो बुढी म चाहि तिम्रो पोई” बोलको गीत पनि भर्खरै बजारमा आएको छ । सारा दुख पिंडा भुलेर आफ्नो परिवारको खुसीमा रमाएको निकै रोमान्चक भावमा रुमलिएको यस गीतमा गोबिन्द गौतम र गोमादेवी खत्रीको सुमधुर स्वर रहेको छ ।

बर्ष दिनको महान चाड हरितालिका तीजलाई खुसियाली ढंगले मनाउन पर्छ भन्ने किसिमको संदेश समेत बुझ्न सकिने यस गीतलाई लय शब्द पनि गोबिन्द गौतमले नै तयार पारेका हुन् । गीतको भावअनुसार म्युजिक भिडियो पनि निकै आकर्षक बनाएर अहिले गोबिन्द गौतम कै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । भिडियोमा सिर्जु अधिकारी र रामचन्द्र बोहराको रोमान्चक नृत्य देख्न सकिन्छ । “तिमि मेरो बुढी म चाहि तिम्रो पोई” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन सुमन राईले गरेका हुन् भने छायांकन राहुल राई र सम्पादन अनिल कुमार महर्जनले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया