असार ३१ काठमाडौँ : आधुनिक गायक सुरेन चन्दको नयाँ आधुनिक गीत “उनकै कुरा हुन्छ” को भिडियो सार्वजनिक भएको छ । यस गीतमा सुरेन चन्दको स्वर रहेको छ भने चर्चित संगीतकार राजकुमार बगरको शब्द, संगीत रहेको छ ।

संगीत सागरको निर्देशन रहेको गीतमा रोहित बिक्रम कार्कीको छायांकन, पदम सुबेदीको सम्पादन, मिलन बिश्वकर्माको रंग संयोजन रहेको छ । उक्त गीतको भिडियोमा पछिल्लो समयमा छबि ओझा सँग पारिवारिक बिषयमा भएको झगडाको बारेमा बिबाद संगै चर्चामा आएकी नायिका शिल्पा पोखरेल र अमृत सुनार (अभि) को अभिनय हेर्न पाईन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया