संगीत सरोबर डट कम, राजु बोहरा–काठमाडौँ । पछिल्लो समयमा ब्यवासाहिकताको नाममा मौलिक रस गीत संगीतमा हराउंदै गएको अवस्थामा गुण बहादुर थापाको मौलिक झ्याउरे गीत “ठेउवाटार” बोलको गीत भर्खरै सार्बजनिक भएको छ । उक्त गीत गाउँवस्तीमा रोधी बस्दाको झल्को मेटाउने किसिमको बनेको छ । गोर्खा जिल्लाको स्थानीय गाउँ ठाउँको पेरिफेरीमा केन्द्रित गरेर तयार पारिएको यस गीतमा शितल गुरुङ्ग र सरु थापा मगरको सुमधुर स्वर रहेको छ । गीतलाई गोर्खा जिल्लाकै बहुप्रतिभावान कलाकार रमेश परियारले तयार पारेका छन् । रमेशले यस अगी पनि थुप्रै मौलिक सृजनाहरु आफ्नै अशंख्य श्रोता तथा दर्शकहरु माझ पस्किसकेका छन् ।

“ठेउवाटार” बोलको गीतको म्युजिक भिडियोमा सुमन परियार र बिमला राईको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन दिपक बिस्टले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई आर.सी सापकोटाको व्यक्तिगत युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

तपाईको प्रतिक्रिया