राजु बोहरा–काठमाडौँ । एक नारी भएर कला क्षेत्रमा संघर्षरत गायिका शान्ति रिजालको प्रस्तुतिमा तीज गीत “डिस्को नाच्ने” बोलको गीत भर्खरै सार्बजनिक भएको छ । उनि गायिका मात्र होइन ओम शान्ति म्युजिक प्रालिकी संचालिका समेत हुन् ।  नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७६ सालको शुभकामना सहित सार्बजनिक गरिएको यस गीतमा बर्ष भरिको कामले थकान शरीरलाई केहि बेर भए पनि मेटाउनको उत्सुकताको पेरिफेरीमा तयार पारिएको यस गीतमा सुन्दर लामिछाने र शान्ति रिजालको सुमधुर स्वर रहेको छ । गीतले मनोरंजन प्रदान गर्नुका साथै तीजको नाममा महिनौ अगीबाट दर खाने परिपाटीको बिरुद्धमा व्यंग्यात्मक प्रहार समेत गरेको छ ।

प्रस्तुत गीतलाई लय शब्द सुन्दर लामिछानेले भरेका हुन् गायक तथा सर्जन सुन्दरले यस भन्दा अगाडी पनि थुप्रै गीतहरु नेपाली संगीत पारखीहरुलाई दिईसकेका छन् । उनि द्वारा लय तथा शब्द सिर्जना भएको “डिस्को नाच्ने हो” बोलको यस गीतको म्युजिक भिडियोमा निरु खड्का “निर्मली” र यादब देवकोटा “सरापेको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन निरु खड्का “निर्मलीले नै गरेकी हुन् भने छायांकन गोकुल अधिकारी र सम्पादन रमित ओलीले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया