गीतसंगीतको क्षेत्रमा होमिएका बर्दिवास नगरपालिका वडा नम्वर ५ चेरु बस्ने कलाकार विनोद ढकालले आफ्नो सातौं म्युजीक भिडियो बजारमा ल्याएका छन।
ढकाल र कृशला सुनुवार फिचर रहेको ‘किन झरे आँशु ‘ नामक नयाँ अफिसियल म्युजीक भिडियो केही दिन अघि बजारमा आएको हो उक्त म्युजीक भिडियो मनी बाँस्तोलाको शब्द,स्वर र संगित रहेको छ ।
डि एन एस प्रोडक्सनले बजारमा ल्याएका भिडियोेमा विजय कृष्ण श्रेष्ठको निर्देशनमा बनेको हो । भिडियोमा धनी केटी र गरिव केटा विचको प्रेम सम्वन्ध जोडिएको छ भिडियोमा प्रेमीका पाएर जीवनमा निक्कै खुसी भएका एक केटाको कथा समेटिएको छ ।भिडियोमा प्रेम सम्वन्धलाई टिकाई राख्न ति केटाले केहि कसर बाकी राखेका छैनन।केटाले घरमा राखेको पैसा चोरेर खर्च गरेपनि अन्तमा युवती टाढीएको र रकम अभाव हुदा उपचार गर्न नपाएर केटाको बाबाको मृत्यु भएको विषय वस्तुलाई चित्रण गरिएको छ ।
कलाकार विनोद ढकालको यसअघि ६ वटा म्युजीक भिडियोहरू बजारमा आईसकेका छन। गायिका अन्जु पन्तको देखि लिएर गायक ,बिष्णु सुबेदी , नवराज खतिवडा , दिपक नेपाली, रूपक डोटेल लगायतको स्वरमा ढकालले आफ्नो अभिनय देखाईसकेका छन।

https://www.youtube.com/watch?v=8KY8ZzvFTDU&feature=share&fbclid=IwAR1RBUO04JZn9lrLT73OZAJ6XjJH0DPU8WrjTVnkWhMYZqNs2nkSdK9LI9A

 

तपाईको प्रतिक्रिया