राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७६ लाई लक्षित गर्दै काभ्रेली चेली अमृता लुंगेली मगरले “अल्झियो फरिया” बोलको गीत बजारमा ल्याएकी छिन् । यो गीत सुमित्रा कोइराला र सुजाता के.सी को पनि संयुक्त प्रस्तुति हो । गायिका अमृताले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेकी छिन् । पछिल्लो समयमा बजारमा आएको यस तीज गीतमा अमृता लुंगेली मगर सुमित्रा कोइराला र सुजाता के.सी को सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय शब्द सुमित्रा कोइरालाले भरेकी छिन् ।

मौलिक स्वाद र आकर्षण प्रदान गर्नका निमित्त तयार पारिएको यस गीतको म्युजिक भिडियोमा रिना थापाको अभिनय देख्न सकिन्छ ।भिडियोलाई निर्देशन प्रकाश भट्ट, छायांकन राजेश घिमिरे र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया