राजु बोहरा–काठमाडौँ । नेपाली तीज गीतहरुमा मौलिक स्वाद प्रस्तुत गर्ने क्रममा शुष्मा बिसुरालको तीज गीत “मिठो दर खाने हो” बोलको गीत भर्खरै सार्बजनिक भएको छ । दिदि भाईको संयोगान्त प्रेम भाव समाबेस गरिएको यस गीतमा खुमन अधिकारी र शुष्मा बिसुरालको सुमधुर स्वर सुन्न सकिन्छ । गायक तथा सर्जक उद्धब घिमिरेको युट्युब च्यानल मार्फत सार्बजनिक भएको यस गीतलाई लय शब्द नयन सोडारीले भरेका छन् । गायिका शुष्माले यस अगी पनि केहि गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता एवं दर्सकहरुको मन जितिसकेकी छिन् । अबको यो तीज गीतले कत्ति दर्शक श्रोताहरुको ध्यान एकात्रित बनाउने हो हेर्ने बाँकी छ ।

“मिठो दर खाने हो” बोलको गीतको म्युजिक भिडियोमा सम्सेर मगर, प्रभा श्रेष्ठ, बसन्ती बिस्ट र रुद्र के.सी को आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन नारायण मगर, छायांकन रामेश्वर जिरेल र सम्पादन नारायण मगरले नै गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया