राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा कलाकार-कलाकार बीच प्रतिस्पर्दा रहेको छ । कसरी हुन्छ अर्कोले भन्दा आफुले उत्कृष्टता दिन पाए अझै मेरा सांगीतिक प्रस्तुतिलाई अशंख्य दर्शक तथा श्रोताहरुले मन पराइदिन्थे कि भन्ने जुन कलाकारमा पनि हुने गर्दछ । यसैले पनि नेपाली गीत संगीतका अनुरागीहरु माझ राम्रा गीतहरु आइपुग्ने गर्दछ । सोहि कुरालाई ध्यानमा राखेर नेपाली गीत संगीतको क्षेत्रमा सारंगी बादकको भूमिका निर्वाह गर्दै बिभिन्न गीतहरु पनि निकाल्दै आएका सारंगी बादक हेमन्त कान्छा रसाइलीले एक मौलिक तीज बजारमा लिएर आएका छन् । बजारमा आएको अन्य गीत भन्दा यो तीज गीत निकै फरक-रहेको छ ।

“बहिनि नाचिन्” नाममा बजारमा आएको यस गीतमा हेमन्त कान्छा रसाइली र सम्झना भण्डारीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय हेमन्त कान्छा रसाइलीले भरेका हुन् भने शब्द सपना रसाइलीको रहेको छ । यस गीतको म्युजिक भिडियोमा रेशम फिरिरी, हेमन्त कान्छा रसाइली, बिकाश राना, सम्झना भण्डारी, अश्मिता भण्डारी एलिना ठकुरी रुपा सुनार (छुच्ची नानि) र लक्ष्मी भण्डारीको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई शिब बि.क ले निर्देशन गरेका हुन् भने छायांकन नबराज उप्रेती र सम्पादन पदम सुबेदीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया