सुगम संगीतमा निकै रुचाइएका गायक स्वरुप राज आचार्यको आवाजमा सजिएको ”छल्केको आँशु भित्र ” गीतको भिडियो सार्वजनिक भएको छ ।
सालु डिसीको शब्द तथा कमल अधिकारीको संगीत तथा एरेन्ज गीतमा रहेको छ । गीतमा प्रेम र विछोडको यादहरुलाई एकताबद्ध रुपमा समेटिएको छ । पछिल्लो समय रंग क्षेत्रमा राम्रो सम्भावना भएका मोडल निनम हाङ्ग राईको अभिनय गीतको भिडियोमा रहेको छ । साथमा अन्य कलाकारहरु रिचा थापा सागर श्रेष्ठ र कल्पना परियारको अभिनय भिडियोमा रहेको छ । शिव ढकालको छायाँकन , तारा थापा किम्बेको सम्पादन तथा कमल राईको निर्देशन भिडियोमा रहेको छ ।
”छल्केको आँशु भित्र ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया