साउथका चर्चित नायक प्रभाषको साहो रिलिजले नेपाली फिल्मको रिलिजमा उथलपुथल मचाईरहेको छ । त्यसोत हलिउड र बलिउडका बहुप्रतिक्षित फिल्महरु रिलिज हुँदा नेपाली ठुला फिल्महरु रिलिज हुने गर्दैनन् । पछिल्लो समय नेपाली फिल्म हेर्ने दर्शकहरु बढे पनि बिदेशी फिल्मको मोह भने मरिसकेको अवस्था छैन त्यसैले पनि निर्माता तथा बितरकहरु आफनो लगानी सुरक्षित गर्न पनि त्यो जोखिम भने मोल्न चाहिरहेका हुँदैनन् । त्यसैले प्रभाषको साहो रिलिजले नेपाली फिल्मको रिलिजलाई पनि असर पारिरहेको छ ।

यसअघि साहो साउन ३० मा रिलिज हुने भएको थियो जुन समय हजार जुनीसम्म रिलिज हुने तय थियो । तर साहोका कारण हजार जुनीसम्म पोस्टपोण्ड भएको थियो तर साहो साउन ३० मा रिलिज नहुने भए पनि हजार जुनीसम्म फेरी पुरानै मितिमा फर्किएको थियो । अब साहो भदौ १३ मा रिलिज हुँदैछ । जुन समय नेपाली फिल्महरु “कबड्डी ३” , मारुनी पनि रिलिज तय भएको थियो । तर अब भदौ १३ मा “कबड्डी ३” भने रिलिज नहुने भएको छ । “कबड्डी ३”अब असोज ३ मा रिलिज हुनेछ । “कबड्डी ३” ले आफनो रिलिज मिति पोस्टपोण्ड गर्नुको कारण साहोलाई नै मानिएको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको “कबड्डी ३” मा दयाहाङ राई ,उपासना सिंह ठकुरी ,कर्मा, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको अभिनय रहेको छ । टिजर र एउटा गीत रिलिज गरिएपछि फिल्मको चर्चा पनि थप चुलिएको छ । फिल्ममा स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको कथालाई उठान गरिएको छ। यता भदौ १३ मा साम्राज्ञी र पुष्पको मारुनीलाई नेपाली फिल्ममा एकल शो मिल्ने भएको छ। तर मारुनीले पनि आफनो रिलिज मिति पोस्टपोण्ड गर्ने सम्भावना बढि देखिएको चर्चा छ ।

तपाईको प्रतिक्रिया