Flash

काठमाडौं । दोश्रो संस्करणको मिसेज नेपाल ग्रान्ड २०१९ को उपाधि सृजना श्रेष्ठले जितेकी छिन । काठमाडौंको जमल स्थित नाचघरमा सम्पन्न फाईनल प्रतियोगितामा सृजनाले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि सहित विभिन्न उपहार जितिन् । उनी मोस्ट ट्यालेन्ट, बेस्ट क्याटवाक र मस्ट फोटोफोजेनिकको उपाधि पनि जितिन् ।
सो प्रतियोगितामा मिसेज नेपाल ग्रान्ड फस्ट रनर अपको उपाधि अञ्जली केसी शाहले प्राप्त गरिन् । अञ्जलीले मोस्ट पपुलर र सोसियल वेलफेयरको उपाधि पनि हाँसिल गरिन् ।
यस्तै सेकेन्ड रनर अपको उपाधि सृजना थापा श्रेष्ठले र म्यानेजमेन्छ च्वाईस सहित थर्ड रनरअपको उपाधि एलिना घिसिङले पाईन् ।
यो प्रतियोगितामा भिवर्स च्वाईस सहित पब्लिक च्वाईसको उपाधि उषा राना केसीले, बेस्ट हेयरको उपाधि रविना थापाले, बेस्ट भ्युजको उपाधि इच्छा राईले, मस्ट ब्युटिफुलको उपाधि चेलिनले, बेस्ट स्किन र बेस्ट स्माईल उपाधि पूर्णिमा कोईरालाले र मोस्ट एक्टिभको उपाधि सृजना श्रेष्ठले हाँसिल गरे ।
यल मिडियाद्धारा आयोजित यो प्रतियोगितामा अभिनेत्री सञ्चिता लुईटेल, सञ्चारकर्मी सरोज प्याकुरेल, सूर्य चन्द सहित एलिजा महर्जन, चन्दा थापा गिरी थिए ।
गृहणीहरुको व्यक्तित्व विकाशको लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष रमी श्रेष्ठले बताए । सो प्रतियोगिताको संयोजना दीपा सेढाईंले गरेकी हुन् ।

Published date : २०७६-श्रावण-१४ ०७:२४

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]