आर पोखरेल, काठमान्डाँै ।
अर्जुन दृष्टी ग्रुप अफ इन्टरटेन्टमेन्ट प्राली को प्रस्तुतीमा निर्मला पोखरेलको मौलीक लोक तथा दोहोरी गीत“ ओठको लालीमा “गीतको भिडियो सार्वजनिक भएको छ । गायक निरज पोखरेल र गायिका सम्झना भण्डारीको सार्वजनिक गीतमा आवाज रहेको छ ।

आफनी मायालुको नजर निकै प्यारो लागेको कुरा गीतमा प्रस्तुत गरिएको छ ।प्रेम र जिवनका सुनौलो मायाको भावनालाई गीतमा समावेश गरिएको छ । अर्जुन गुरुङ्गको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । मायामा रहेको अवस्थामा उत्पन्न अवस्थालाई गीतमा चित्रण गरिएको छ ।

मुकेश हुमागाईँको छायाँकन , राजेश कुमारको सम्पादन तथा शंकर विसीका निर्देशन भिडियोमा रहेको छ । “ ओठको लालीमा “भिडियोमा शंकर विसी र रिना थापाको नृत्य तथा अभिनय रहेको छ ।

“ ओठको लालीमा “गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया